Skip to main content

लागूऔषधसहित कञ्चनपुरमा एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–३ बाणी घर भई भीमदत्त नगरपालिका–४ बजार स्थित कोठा गरी बस्ने २१ वर्षीय सन्दिप जोशी लागूऔषधसहित पक्राउ परेका हुन्। जोशीको कोठामा खानतलासी गर्दा २ ग्राम ११० मिलिग्राम लागूऔषध खैरो हेरोइर्न  फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।