Skip to main content

गेटामा ६ सय शैयाको अस्पताल सञ्चालनको मागगर्दै धनगढीमा प्रदर्शन

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदर्शन

धनगढी : कैलालीको गेटामा ६ सय शैयाको अस्पताल सञ्चालन हुनुपर्ने र विश्वविद्यालय विधेयक संसदको चालु अधिवेशनबाट पारित गर्नुपर्ने मागगर्दै धनगढीमा प्रदर्शन गरिएको छ । ६ प्रदेशमा सरकारी मेडिकल कलेजहरु खुल्दा पनि सुदूरपश्चिमलाई उपेक्षा गरेको भन्दै सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले प्रर्दशन गरेको हो । 

कैलालीको गेटामा ६सय शैयाको अस्पताल घोषणा हुनुपर्ने र संसदको चालुअधिवेशनबाट सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० पास हुनुपर्ने मागगर्दै धनगढीमा प्रदर्शन गरिएको हो । सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयको गेटमा प्रदर्शन गरे भने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापन समेत बुुझाएका छन ।

सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले ज्ञापन बुझाएका हुन । सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक २०८० राष्ट्रिय सभाले २०८० सालको माघ २४ गते पास गरेर अहिले त्यो विधेयक प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समितिमा दफावार छलफलका लागि पठाईएको छ । ८ महिनासम्म पनि विधेयक उपर प्रतिनिधि सभामा छलफल नभएको भन्दै स्थानीयले दबाब स्वरुप प्रदर्शन गरेका हुन ।

सरकारले ६ प्रदेशमा सरकारी मेडिकल कलेज खोल्दा समेत सुदूरपश्चिम उपेक्षामा परेकाले प्रदर्शन गरिएको संघर्ष समितिका लोकेन्द्र धामीले बताए । सरकारको सबै प्रदेशमा सरकारी मेडिकल कलेज हुनुपर्ने नीति छ तर  ७ प्रदेश मध्ये यसपाली देखि सुदूरपश्चिम बाहेक सबै प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा आएका छन । 

शनिबार चिकित्सा सेवा आयोगले ६ प्रदेशबाट सरकारी मेडिकल कलेजले मेडिकल शिक्षाको अध्यापन सुरु गर्ने सूचना जारी गरेपछि सुदूरपश्चिम नपरेको भन्दै स्थानीले आक्रोस ब्यक्ति गरेका हुन । देशभरीमा अहिलेसम्म सरकारी र नीजि गरी २५ वटा मेडिकल कलेज छन तर सुदूरपश्चिमबा बालवालिका अरु प्रदेशमा गएर मेडिकल शिक्षाको अध्ययन गर्न बाध्य छन । मेडिकल कलेजका लागि तीन सय शैयाको अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्ने भएपनि गेटाका अवौंका संरचनामा सय शैयाको अस्पताल मात्रै हुनुले पनि स्थानीय आन्दोलिन भएका हुन ।

एप्रोन र प्लेकार्ड बोकेका स्थानीय युवाहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा प्रर्दशन गरेपश्चात प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई ज्ञापन पनि बुुझाएका छन । गेटामा अहिले सय शैयाको अस्पताल सञ्चालनमा छ । स्थानीयले त्यसलाई पनि यसै वर्ष तीन सय शैयाको घोषणा हुने माग गरेका छन ।