Skip to main content

आर्थिक मामिला मन्त्री थापा भन्छन, ‘बजेट भदौ ३१ गतेभन्दा उता जादैन’ (कुराकानी)

Submitted by editor on
शिवराज भट्ट
बहादुर सिह थापा

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले भदौको ३१ गतेभीत्रै बजेट आउने बताएका छन । बजेटमा पुनरावलोकन गर्न समय लागेको, यसअघिको घाटाको बजेट ल्याइएकोमा उक्त रकम घटाउदा आकारमा केही सानो बजेट आउने उनले बताए । सम्पादक शिवराज भट्टले मन्त्री थापासँग गरेको कुराकानी :

कहिले सम्म आउछ बजेट ?
–भदौ महिनाको ३० गते ल्याउने तयारी छ । 

बजेट सून्यताको अवस्था थियो, किन ढिलाई भएको हो ?
–किनभने पहिलाको बजेटमा केही धरै कुरा संसोधन गर्नुपर्ने थियो । छुट्टै अर्को बजेट बनाएको भए यत्तीको समय लाग्थेन । पहिला आएको बजेटमा पुनारावलोकन गर्नुपर्ने थियो । पुराना क्रमगत योजनाहरु पनि छुटाउनु भएन । योजनाका नाममा योजना भनेर बनाईएकाहरु पनि छान्नुपर्ने देखियो । ती योजनाहरुमा पुनारावलोकन पनि गर्नुपर्ने भएकाले ढिलाई भयो ।

सत्तारुढ दलहरुभीत्रै बजेट भागबण्डा नमिलेर पनि ढिलाई भएको होईन ?
– होईन, होईन । हामीले प्रत्यक्ष तर्फका माननीयलाई ४ करोड र समानुपातीक तर्फका माननी ज्युहरुलाई २ करोडको बजेटको जिम्मेवारी दिएका थियौं, उहाँहरुले त्यही अनुसार ल्याउनुभएको छ । सत्तारुढ मात्रै होईन, प्रदेशको विकासको चिन्ता र चासो र प्रतिपक्षमा रहेका दलहरुलाई पनि त हुन्छ नी । सबैको भावनाको प्रतिनिधित्व हुने गरी बजेट बनिरहेको छ ।

अहिले कत्ति काम भयो के बजेटमा ? के कारणले राकिएको हो ?
–भौतिक पुर्वाधार विकास मन्त्रालय बाहेक सबै मन्त्रालयहरुको बजेट सिलिङ आईसक्यो । हाम्रो सिस्टम नै ती मन्त्रालयहरुका लागि बन्द भईसक्यो । भौतिक पुर्वाधार विकास मन्त्रालयलाई पनि मंगलबारको दिन अन्तिम हो । मंगलबार राती १२ बजेबाट भौतिकको पनि सिस्टम बन्द हुन्छ । अनी तीन दिनजती आर्थिक मामिला मन्त्रालयालाई बजेट दुरुस्त बनाउन समय चाहिन्छ । त्यसपछि २ दिनजती बजेट पुस्तिका छाप्न समय लाग्ला । अबको ५÷६ दिन अथवा भदौको ३०÷३१ गते बजेट आउछ ।

बजेटको आकार घटाएर आईरहेको हो ?
– आकारमा केहीतलमाथि भएको छ । यसअघि ढाई अर्व घाटाको बजेट थियो । हामीले त्यसलाई नराख्ने भनेका छौं । घाटाको बजेट आउदा भविष्यमा समस्या आउछ । २० देखि ३० अर्वको आसपासमा बजेट आउनसक्छ । यद्यपी त्यसको ‘एक्जेक्ट फिगर’ भने बजेट आएपछि मात्रै आउनेछ । 

बजेट आएपछि फेरि छलफल होला, पास गर्न समय लाग्ने होला । बजेट सून्यताको अवस्था त लम्बिने भएन ?
– होईन, बजेट माथिको छलफल त हुन्छ नै । २÷३ दिनमा बजेट माथिको छलफल हुन्छ । अनी पास भईहाल्छ । बजेट आएपछि पास हुनमा धेरै दिन लाग्दैन ।