Skip to main content

नयाँ नोट होईन, यसपालीको दशैंमा सुकीला नोट मात्रै साटन पाईने

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाल राष्ट्र बैंक

धनगढी : नयाँ नोट नबाँडने निर्णय गरेको नेपाल राष्ट्र बैंकले आगामी दसैंका लागि असोज १३ गतेदेखि सुकीला नोट साट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ । 

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंककले जनाएको छ ।  साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ ।

हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ ।