Skip to main content

गेटामा मेडिकल शिक्षा अध्यापनको मागगर्दै विमानस्थल गेटमा बोर्ड टाँस

Submitted by editor on
‘संघीय सरकारका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री र नेताहरु यही बाटो आउने जाने गरेका तर गेटाका बारेमा बेवास्ता गरेको पाइएकाले उनीहरुको ध्यानाकर्षण होस भनेर बोर्ड टाँस गरेका हौं’ संघर्ष समिति
ईबिगुल संवाददाता
 बोर्ड टाँस

धनगढी : सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्लथको गेटको दुबैतिर सरकार र नेताहरुको ध्यानाकर्षण हुने गरी ‘गेटामा मेडिकल शिक्षाको पढाई कहिले देखि हुन्छ ? भन्ने नारा सहित बोर्ड टाँस गरेको छ । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डेको नेतृत्वमा धनगढी अत्तरियाका युवाहरुले ६ लेन सडकबाट धनगढी विमानस्थल जाने मूल गेटको दुबैतिर यस्तो बोर्ड टाँस गरेका हुन । ‘संघीय सरकारका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री र नेताहरु यही बाटो आउने जाने गरेका तर गेटाका बारेमा बेवास्ता गरेको पाइएकाले उनीहरुको ध्यानाकर्षण होस भनेर बोर्ड टाँस गरेका हौं’ संघर्ष समितिका संयोजक पाण्डेले भने ।

शुक्रबार मात्रै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पार्टीको सुदूरपश्चिम स्तरीय प्रशिक्षणका लागि धनगढी आईरहेका छन । केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि धनगढीको सभागृह उद्घाटनका लागि धनगढी आउने कार्यक्रम रहेको छ । 

‘हामीले ती नेतृत्वमा बसेकाहरुले कम्तिमा पनि त्यो ब्यानर हेरुन, यस क्षेत्रको मेडिकल शिक्षा र स्वास्थ्य सेवाको अवस्था बुुझून भनेर बोर्ड टाँस गरेका हौं’ संयोजक पाण्डेले भने । 

बोर्डमा सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक २०८० संसदको चालु  अधिवेशनबाटै पारित गर, ६ सय शैया क्षमताको अस्पताल भवनमा कम्तीमा पनि ३ सय शैयाको अवस्पताल घोषणा गर, सुदूरपश्चिममै मेडिकल शिक्षा कहिलेदेखि पढन पाउने ?, तत्काल गेटामा मेडिकल शिक्षाको पढाई हुने ब्यवस्था गर, सुदूरपश्चिममा मात्र मेडिकल शिक्षाको अध्यापन नहुनुको दोष कसलाई दिने ? जस्ता नारा लेखिएका छन ।