Skip to main content

कर्णालीको जलस्तर खतराभन्दा माथि, खुटीया खतरा नजिक पुग्दै, तटीय क्षेत्रमा सर्तकता अपनाउन प्रशासनको आग्रह

Submitted by editor on
ईबिगुल संवाददाता
कर्णाली नदी र खुटीया नदी

धनगढी : कैलालीमा कर्णाली नदी र खुटीया नदी खतरा नजिक पुगेका छन । जिल्ला विपत ब्यवस्थापन समिति कैलालीले लिएको सूचना अनुसार कर्णाली नदीले खतराको संकेत पार गरिसकेको छ । 

कर्णाली नदीको खतराको सूचना १० मिटर हो । विहान ११ बजेको मापन अनुसार कर्णालीको जलस्तर १० दसमलव ५६ मिटर पुगेको छ । कर्णालीको जलस्तर खतराको सूचक भन्दा झण्डै आधामिटर माथि पुगिसकेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले सूचना नै जारी गरेको छ ।

यता कैलालीको खुटिया नदिको जलस्तर पनि खतरा नजिक पुगेको छ । खुटीयाको जलस्तर ३ दसमलव ५३ मिटर पुगेको छ । खुटीयाको सर्तकतास्तर भनेको ४ मिटर हो भने साढे ४ मिटर खतरा भन्दा माथि हो ।