Skip to main content

काँग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षणको उपसभापति खडकाद्वारा उद्घाटन

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाली कांग्रेस

धनगढी  ः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्काले उदु्घाटन गरेका छन । शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको प्रशिक्षणको उपसभापति खड्काले उद्घाटन गरेका हुन । 

पार्टी सभापति शेरबहादुर देउवाले भदौ को २८ गते प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएपनि मौसम प्रतिकुुलता जनाउदै २८ गते पार्टी सभापति देउवा आएनन । शनिबार उपसभापतिले कार्यक्रमको उद्घाटन गरेका हुन ।

प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधितब गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमिति, जिल्ला, क्षेत्र भातृ संगठन तथा शुभच्छुक संस्थाका प्रमुख लगायत नेताहरुको सभागिता रहेको छ । पार्टीको संगठनलाई चलायमान बनाउने उद्देश्यले सो प्रशिक्षणको आयोजना गरिएको आयोजक प्रदेश समितिले जनाएको छ ।