Skip to main content

लागूऔषधसहित बैतडीमा दुई जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

बैतडीः बैतडीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ का ३७ वर्षीय सुधिर पौडेल र पाटन नगरपालिका ६ का २४ वर्षीय किशोर चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले उनीहरू दुबैजनालाई राति ११ बजे पाटन नगरपालिका–६ सेल्फीडाँडास्थित दशरथचन्द राजमार्गबाट पक्राउ गरिएको हो।

प्रहरी निरीक्षक साउँद नेतृत्वको टोलीले गस्तीको क्रममा शंका लागेर चेकजाँच गर्दा पौडेलको साथबाट ९दशमलब ४६ ग्राम र चन्दको साथबाट ७ दशमलब ८३ ग्राम  लागूऔषधस चरेस बरामद गरेको हो। पक्राउ परेका दुबैजनामााथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।