Skip to main content

बझाङमा ट्याक्टर सेतीमा खसेपछि चालक सहित २ जना वेपत्ता

Submitted by editor on
ट्याक्टर चालक जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती बेपत्ता भएका छन ।
प्रताप ओली
ट्याक्टर चालक जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती बेपत्ता भएका छन ।

बझाङ : बझाङमा ट्याक्टर सेतीमा खसेपछि २ जना वेपत्ता भएका छन भने तीन जनाको उद्धार गरिएको छ । जयपृथ्वी राजमार्गस्थित दुर्गाथली गाउँपालिका वडा नम्बर –२ झनाना बजार नजिक सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सेती नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङले दिएको सूचना अनुसार ट्याक्टर चालक जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती बेपत्ता भएका छन ।

ट्याक्टरसँगै खसेका जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षिय हेमराज बिक, २१ वर्षिय सपेन्द्र बिक र १३ वर्षीय निरज बिकको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक किशोर जोशीले बताए । 

उद्धार गरिएका तीनै जना सामान्य घाइते रहेको र उनीहरुको केदारस्युँ गाउँपालिका –९ झोता बजारमा रहेको भैरब स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बेपत्ता भएका चालक बुढा र घर्तीको डिएसपी युवराज भण्डारीसहित प्रहरी टोली र स्थानीयले खोजी गरिरहेका छन् । 

ट्याक्टर दुर्गाथली गाउँपालिकाका देब ओडको रहेको र सेती लोकमार्ग अन्तर्गत झनाना–जडार सडक खण्डमा दिब्या ज्योती कन्ट्रक्सनले भाडामा प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । बेपत्ता र घाइते सबै जाजरकोटबाट उक्त सडक खण्डमा मजदुरी गर्न बझाङ आएको प्रहरीले जनाएको छ ।