धनगढी : भनिन्छ मान्छे प्रेममा पागल हुन्छ । कैलाली कारागारमा विष सेवन गरि आत्महत्या गरेका भनिएका घोडाघोडीका दिपक विकले पनि आफ्नो प्रेम कहानीको बर्णन सहित मृत्युको बाटो रोजेको ३७ पन्ने ‘सुसाईड नोट’ भेटिएको छ ।
स्पाईरल डायरीमा लेखिएको दिपकको ‘सुसाईड नोट’ मा आफुले गरेको गल्तीको प्रायश्चित पनि झल्किन्छ । ईविगुल डककमलाई प्राप्त भएको ३७ पन्ने सुसाईट नोटमा दिपकले आफ्ना बा–आमा, बाजे–बज्यै, भाईहरु, फुपु, साथीहरु, आफुले प्रेम गरेकी महिला, उनका आफन्त सबैका बारेमा मिति र शिर्षक हालेर ‘सुसाईड नोट’ लेखेका छन ।
बलात्कार र हाडनाताकरणीको आरोपमा पुर्पक्षका लागि २०८० सालको फागुन ३ गतेदेखि कैलाली कारागारमा रहेका कैलालीको घोडाघोडी नगरपालिका १ का दिपक विकले सोमबार अपरान्ह विष सेवन गरि आत्महत्या गरेका थिए । बोल्ने अवस्थामै कारागारमा भेटिएका उनको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्युभएको थियो । उनको मृत्युका बारेमा विभिन्न विभिनन टिकाटिप्पणी हुदै आएका थिए । उनको ३७ पन्ने सुसाईड नोट ईविगुल डटकमलाई प्राप्त भएको छ ।
प्रेम कथा यस्तो थियो
दिपक र उनकै परिवारभीत्रको बहिनी नाता पर्ने घोडाघोडी–१ (नाम परिवर्तनका बीचमा केही वर्ष अघि प्रेम सम्बन्ध थियो । दिपक बालिग भईसकेपनि घोडाघोडी–१ नाबालिग भएकाले र हाडनाता पनि पर्ने भएकाले उनीहरुको प्रेमप्रति परिवारको सहमति हुने कुरै भएन ।
परिवारका सदस्यहरुले उनीहरुलाई छुट्याउन थालेको थाहा पाएपछि उनीहरु परिवारबाट छुटकारा पाउन भारत जान्छन । उनीहरु श्रीमान÷श्रीमतीझैं भारतमा बस्छन । घोडाघोडी–१ गर्भवती हुन्छिन तर परिवारका सदस्यहरुको उनीहरु बीचको हाडनाताको सम्बन्ध टुटाउने प्रयत्न जारि रहन्छ । परिवारका सदस्यहरु उनीहरुलाई ललाई फकाई भारतबाट नेपाल ल्याउछन । उनीहरुको विधिवत विहे गरिदिने भनेर ललाई फकाई गरेपछि भने दुबैजना नेपाल आउन तयार हुन्छन ।
तर नेपाल आएपछि परिणाम फरक हुन्छ । दिपकका विरुद्ध घोडाघोडी–१ लाई बलात्कार गरेको र हाडनाता करणीको आरोपमा ईप्रका सुखडमा मुद्धा पर्छ भने गर्भवती रहेकी घोडाघोडी–१ लाई गर्भपतन गराईन्छ । प्रहरीले दिपकलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा मुद्धा चलाउछ । २०८० को फागुन ३ गते जिल्ला अदालत कैलालीले दिपकलाई पुर्पक्षका लागि कैलाली कारागार पठाउछ ।
दिपकले कारागार गएपछि उनको र घोडाघोडी १ को सम्बन्धमा कुनै बदलाव देखिदैन । कैलाली कारागारका प्रमुख दिपकराज पाण्डे भन्छन, कारागारको भेटघाट रजिष्टरको विवरण हेर्दा कारागारमा आएको तेस्रो दिनदेखि घोडाघोडी १ दिपकलाई भेटन आउन सुरु गर्छिन ।
कैलाली कारागारको रजिष्टरमा घोडाघोडी–१ भदौको २६ गते दुुई किलोको डब्बामा अचार र केही फलफूल लिएर करागार प्रवेश गरेको देखिन्छ । कारागारको सिसि क्यामेरामा पनि घोडाघोडी १ ले अचार चाखेको पनि देखिन्छ तर प्रहरीले अचारको डब्बाको भीत्र नहेर्नु भने त्रुटी रहेको देखिन्छ ।
दिपकले के खाएर गरे आत्महत्या
३७ पेज लामो ‘सुसाईड नोट’ हेर्दा दिपकले विष सेवन गरेर आत्महत्या गरेको देखिन्छ । भदौ ३० गते पौने ३ बजे सौचालय गएका दिपक उल्टीगर्दै बाहिर आएको प्रत्यक्षदर्शीले देखेपछि कारागार प्रशासनलाई खबर गरेका थिए ।
कारागार प्रमुख पाण्डे सहितका कर्मचारीहरुले अस्पताल लैजाने बेलासम्म दिपक कुराकानी गर्ने अवस्थामै थिए । ‘हामीलाई खबर आएर अस्पताल लैजाने बेलासम्म दिपक कुराकानी गरिरहेका थिए । उनले आफुले विष खाएको बताएका पनि थिए । उनको पाईन्टको खल्तीमा विष लेखेको सेतो विषादीको खाली प्याकेट पनि बरामद भएको छ । उनले लेखेको ३७ पेजको ‘सुसाईड नोट’ हेर्दा पनि उनी कारागार गएपछि अलि बढी तनावमा रहेको विश्लषण गर्न सकिन्छ । उनको लेखाईको आधारमा उनले आत्महत्या नै गर्ने मुड बनाएको देखिन्छ ।
परिवारका सदस्यहरुले जाहेरी नदिएको हुनाले दिपकको पोष्टमार्टम भने हुन सकेको छैन । उनले विष खाएका हुन वा होईनन, त्यो भने पोष्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुनेछ । तर उनको साथबाट बरामद भएको सुसाईड नोटमा भने उनी घोडाघोडी–१ को प्रेममा पागल भएको देखिन्छ ।
बा–आमा बाजेबज्यै र भाईहरुसँग माफि
आफ्नो हातबाट गल्ती भएको र मर्नुको विकल्प नदेखेको भन्द्र उनले बा–आमा र आफन्तहरुसँग माफि मागेका छन । ‘मलाई हजुरहरुको माया नभएको त होइन, माया त कति छ कति तर समय यस्तो आयो की मैले केही सोच्नै सकिन । किन म यस्तो बाटो हिडेछु भनेर ....’ उनले आमालाई सम्बोधन गर्दै ‘सुसाईड नोट’ मा लेखेका छन ।
उनले आमालाई आफ्नो ठूलो फोटो बनाएर आफ्नो कोठामा राख्न र नबिर्सन पनि ‘सुसाईड नोट’मा लेखेका छन ।
घोडाघोडी १ प्रहरीको हिरासतमा
दिपककी प्रेमिका घोडाघोडी–१ प्रहरीको हिरासतमा छिन । उनले अचारको डब्बामा सल्फास ल्याएको र एकैदिन मर्ने भनी योजना बनाएको बयान दिएकी छिन । ‘यसअघिको भेटमा अब हामी दुईले बाच्नुको अर्थ छैन भनेर सल्लाह भएको थियो । मैले अचारभीत्र सल्फास हालेर भीत्र पुगाए । उनले भीत्र सल्फास खाने र त्यो सुन्ने वित्तिकै मैले पनि घरमा सल्फास खाएर मर्ने सल्लाह भएको थियो’ प्रहरीले गरेको सोधपुछका क्रममा घोडाघोडी–१ ले भनेकी छिन ।