Skip to main content

नेपालीहरु चढेको भारतीय बसमा आगो लाग्यो, यात्रुहरु बीचबाटोमै अलपत्र

Submitted by editor on
ईबिगुल संवाददाता
बसमा आगो ला

धनगढी : भारतको पुनेबाट गौरीफन्टा आउदै गरेको बसमा आगो लागेको छ । भारतको मध्य प्रदेशमा आइतवार बिहान नेपालीहरु सवार बसमा आगो लागेको हो ।

भारतको यूपी नम्बरको बसमा आगो लागेको भएपनि पूर्ण विवरण आएको छैन् । धनगढीबाट भारतका विभिन्न सहरहरूमा यातायात व्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायीहरूका अनुसार भारतबाट नेपालीहरू पठाइएको गाडीमा आगो लागेको हो । तर, भारतबाट नेपालीहरू पठाउने समितिको बारेमा समेत खुलेको छैन । बसमा चल्दा चल्दै आगो लागेको बताइएको छ । तर, कारण खुलेको छैन।

बसको अधिकांस भाग जलेको छ । बसमा सवार ब्यक्तिहरुको सरसामान जलेपछि मानविय क्षती भने नभएको बताईएको छ । बसमा सवारहरू अहिले बाटोमा अलपत्र परेका छन । आइतवार बिहान बसमा आगो लागेको हो ।