Skip to main content

गरिमामय नागरिक संस्थाको भविष्य अन्यौलमा, महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

Submitted by editor on
ईबिगुल संवाददाता
रमेश विष्ट

काठमाडौँ : नेपालमा लोकतन्त्र प्राप्तीका लागि अग्रमोर्चामा खटिएको गरिमामय नागरिक संस्था नेपाल पत्रकार महासंघको भविष्य अन्यौलमा परेको छ । अध्यक्ष विपुल पोखरेलको राजीनामा पछि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका रमेश विष्टले पनि राजीनामा दिएपछि महासंघको अवसान हुने खतरा बढेको छ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार राजीनामा दिएका हुन । विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि राजीनामा दिएका हुन् ।

अध्यक्ष विष्टकाअनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि राजीनामा दिएको बताएका छन ।

संगठनहरुले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यहि असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने र क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुदै जानु लज्जाको विषय भएको भन्दै विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएको पनि प्रष्ट पारेका छन ।

२०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासंघबाट  भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं  कार्यबाहक अध्यक्षबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।