Skip to main content

युनीभर्सिटी युनीभर्सिटी भनेर उफ्रेकाले गेटामा ढिलाई भएको काँग्रेस प्रवक्ता महतको दाबी

Submitted by editor on
शिवराज भट्ट
डाक्टर प्रकाश सरण महत

धनगढी  ः नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश सरण महतले गेटामा मेडिकल कलेज बनाउने तयारी भईरहेका बेला युनीभर्सिटी युनीभर्सिटी भनेर उफ्रेकाले अहिले ढिलाई भएको बताएका छन । एउटा कार्यक्रमका लागि धनगढी आएका महतले, नेपाल प्रेस युनीयन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन ।

‘शेर बहादुर देउवा जीको यसमा ठूलो हात छ । उनको ठूलो मेहनत छ, तर मेडिकल कलेज बनाउने भनि तयारी भईरहेका बेला युनीभर्सिटी युनीभर्सिटी भनेर आन्दोलन भयो । अब युनीभर्सिटी बनाउन त फेरि कानून बनाउनु प¥यो, उपकुलपति, रजिष्टार, अन्य प्रशासनीक कर्मचारीको तयारी गर्नुप¥यो, अनी ढिलाई भएको हो’ उनले भने ।

उनले नयाँदिल्लीको अलईण्डिया मेडिकल ईन्स्च्युटले पनि विश्वविद्यालय बन्न नपरेको बताउदै मेडिकल कलेज भएको भए हामीलाई सबै कुरा पुग्ने बताए । ‘भारतको अलईण्डिया मेडिकल ईन्स्च्युटले त युनीभर्सिटी बन्नु प¥याछैन भने हामीलाई मेडिकल कलेज भए सबै कुरा पुगिहाल्थ्यो नी । गुणस्तरीय स्वास्थ्य शिक्षा र मेडिकल शिक्षा न हो चाहिएको । तर युनीभर्सिटी युनीभर्सिटी भनियो । त्यसका लागि सबै कुरा नयाँ तरिकाले गर्नुपरेकाले त्यो अलपत्र परिरहेको छ’ डाक्टर महतले भने ।

महतले अहिलेको गठबन्धनमा कुनै शंका नगर्न आग्रह गरे । ‘माओवादीले देखाएको द्वेध चरित्रले अहिले काँग्रेस र एमाले सग भएका छन । काँग्रेससँग बिग्रे एमालेसँग, एमालेसँग बिग्रे काँग्रेससँग जाने कुराले दुबै दल सजग भएका छन । ओली जी पनि माओवादीको गठबन्धन बनाउने र छोडने कुराबाट सजग देखिनुभएको छ । शेर बहादुर जी त आफैमा पनि छिटो विश्वास तोडिहाल्नुपर्छ भन्ने मानसिकताको पर्नु भएन । त्यसैले गठबन्धनमा कुनै शंका गर्नसक्ने ठाउँ छैन’ उनले भने ।

उनले रवी लामिछानेले सहकारी छानबिनमा कारवाही भोग्नुपर्ने बताए । ‘करोडौ करोड रकमका चेकमा उनको हस्ताक्षर भएको छ । एमडी भएर त्यो पैसा कहाँबाट आयो, मलाई थाहा छैन भन्न पाईन्छ ?’ उनले भने । उनले अहिले सामाजिक सञ्जालबाट प्रोपोगण्डा भईरहेको बताए । 
‘रवि जी र उनको टीम सामाजिक सञ्जालबाट कालोलाई सेतो बनाउन खोजीरहेको छ । त्यो सम्भव छैन । संसदीय समितिले प्रष्ट रुपमा कारवाहीको सिफारिस गरेको छ । त्यसै अनुसार हुन्छ’ प्रवक्ता महतले भने ।