Skip to main content

सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु, आजै पास गर्ने तयारी

Submitted by editor on
ईबिगुल संवाददाता
बजेटमाथिको छलफल

धनगढी : सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु भएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले राखेको बजेटमाथिको छलफलको प्रस्ताव पास भएसँगै सदनमा छलफल सुरु भएको हो । 

सरकारले आजै बजेट पास गर्ने तयारी गरेको बुझिएको छ । आजै पास गर्ने भएकाले एक चरणको छलफल सकिएको छ भने सभामुख भीम बहादुर भण्डारीले फेरि अर्को बैठक आजै साढे ५ बजेका लागि बोलाएका छन ।

बजेटमाथिको छलफलमा काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामी, नेकपा माओवादीका प्रदेश सभा सदस्य अक्कल रावल र गीता देबी माल, नेकपा एमालेका चक्र बहादुर मल्ल, जानकी ऐर बम, नागरक उन्मुक्ति पार्टीका खुसीराम डँगौरा थारु, राप्रपा सांसद खीमादेब विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर तारा प्रसाद जोशीले बजेटबारे सदनमा आ–आफ्नो धारणा राखेको छन ।