Skip to main content

राजनीतिक परिवर्तनमा पत्रकारिताको भूमीका महत्वपूर्ण : राष्ट्रपति

Submitted by editor on
शिवराज भट्ट
राष्ट्रपति रामचन्द्र पौडेल

काठमाण्डौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको राजनीतिक परिवर्तनमापत्रकारहरुको भूमीका महत्वपूर्ण रहेको बताएका छन । प्रेस काउन्सील नेपालको ५५ औं वार्षिकोत्सव समारोहको आईतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएकाहुन ।

‘नेपालको राजनीतिक परिवर्तनमापत्रकारहरुको भूमीका महत्वपूर्ण छ । अझ देशको आर्थिक सामाजिकविकासमापनिपत्रकारिताका माध्यमबाट धेरै राम्राकामहरु भएका छन’ उनले भने  । ‘लोकतन्त्रप्रतिजनताको भरोसा बनाउन र लोकतन्त्रकालागिपत्रकारहरुको अग्रमोर्चाको लडाई सम्झनलायक छ ।’

राष्ट्रपति पौडेलले अहिले पत्रकारितामाविश्वसनीयताबारे प्रश्न उठन थालेकाले प्रेस काउन्सिल जस्तो निकायहरुले त्यसमानिगरानी बढाउन आग्रह गरे । ‘सामाजिक सञ्जालको बढदो प्रयोगले, युटुबका माध्यमबाट छिटो समाचार हाल्ने प्रतिस्पर्धाले पछिल्लो समय पत्रकारित माथिको विश्वसनीयताकमभईरहेको छ, पत्रकारिताजगतले त्यसमाध्यानदिन जरुरी भएको छ’ उनले भने ।

उनले पत्रकार र पत्रकारमाथिप्रश्न उठन नदिन प्रेस काउन्सिलको गठन भएको स्मरण गराउदै न्यु मिडिया र अनलाईन पोर्टलहरुले समाचारको दुनीयामानयाँआयामथपेको बताए । उनले पुरुस्कार र सम्मानले समाजमाअसलकार्य गर्न प्रेरणा दिने भएकाले सम्मानीतभएका र पुरस्कृत भएका सबैलाई बधाई दिए ।

कार्यक्रममा सूचनातथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको मिडिया क्षेत्र राजा महेन्द्रको पालाकाकानूनले चलिरहेको बताए । ‘अहिले राजा महेन्द्रकापालाकाकानूनले मिडिया चलिरहेको रहेछ । मैले मन्त्रालय सम्हालेपछि यस्तै पाए’उनले भने । ‘अबआमसञ्चार नीति, सामाजिक सञ्चालनियमनकानून, नेपाल टेलिकम सम्बन्धीकानूनहरु नयाँ परिवेश अनुसार आईरहेका छन ।’

कार्यक्रममा सम्मानितहुनेहरुहरुको तर्फबाट पत्रकार तीर्थ कोईराला र पुरस्कृत हुनेहरुको तर्फबाट अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारीले मन्तब्यब्यक्त गरेकाथिए । बार्षिकोत्सव समारोहमा प्रेस काउन्सिल नेपालकाअध्यक्षबालकृष्ण बस्नेतले स्वागतमन्तब्यब्यक्त गरेकाथिएभने सञ्चालन सदस्य ठाकुर बेलबासेले गरेका थिए ।