Skip to main content

रेशम र रञ्जिताबीचको विवाद साम्य, १८ र १९ गते संयुक्त बैठक

Submitted by editor on
ईबिगुल संवाददाता
(नाउपा)

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीचको विवाद मिलेको छ । सत्तामा जाने विषयमा भएको विमति अहिले सत्ताविहीन भएपछि मिलेको हो ।

रञ्जिता र रेशमबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । सहमतिपछि अब असोज १८ र १९ गतेका लागि महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको छ ।

बैठक बोलाइएको सूचनामा रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेका छन् । उनीहरूबीच कानुनी रुपमा रञ्जिता अध्यक्ष रहने तर पार्टी गतिविधिमा भने रेशम अध्यक्ष रहने सहमति भएको बुझिएको छ । निर्वाचन आयोगले रेशमलाई अध्यक्ष चुन्ने महाधिवेशनको निर्णयलाई वैधता नदिएकाले निर्णयहरूमा रञ्जिताकै हस्ताक्षर चलाइनेछ ।