धनगढी : कैलालीको गेटा आँखा अस्पतालका पूर्व निर्देशक तथा आँखा विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्तले ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ पाएका छन ।
एशीयाली मुलुकहरुमा यो अवार्ड पाउनेमा उनी पहिलो ब्यक्ति हुन । आँखा विशेषज्ञ मध्ये ५ हजार अमेरिकी डलर रासीको पुरस्कर उक्त पुरस्कार पाउने पन्त पहिलो एशीयाली ब्यक्ति हुन ।
डेनीस अप्थाल्मोलोजिकल सोसाईटीले आफ्नो वार्षिकोत्सवको अवसरमा शुक्रबार डाक्टर पन्तलाई उक्त पुरस्कार प्रदान गरेको हो । डेनीस अप्थाल्मोलोजिकल सोसाईटीले हरेक वर्ष उक्त पुरस्कार आँखाको क्षेत्रमा विश्वब्यापी रुपमा उत्कृष्ठ कार्यगर्ने विशेषज्ञलाई यो पुरस्कार दिदै आएको छ ।
गेटा आँखा अस्पतालका संस्थापक अलवर्ट कोलस्टडका सहायकबाट सन १९८४ बाट आँखा उपचारको क्षेत्रमा प्रवेश गरेका डाक्टर विद्या प्रसाद पन्तका नाममा विश्वमा एकै दिनमा सबैभन्दा बढी आँखाको सल्यक्रिया गर्ने र एसीयाली मुलुकमा सबैभन्दा बढी सल्यक्रिया गर्ने रेकर्डहरु बनेका छन ।
कैलालीको गेटा आँखा अस्पतालमा उनले २४ घण्टामा ३१२ जनाको सल्यक्रिया गरेको विश्वरेकर्ड रहेको छ । एशीयाली मुलुकमा २ लाख भन्दा बढी मानिसहरुको आँखाको सल्यक्रिया गरेको रेकर्ड पनि डाक्टर विद्या प्रसाद पन्तको नाममा छ ।
गेटा आँखा अस्पतालको निर्देशकबाट राजीनामा दिएपछि डाक्टर पन्त म्यानमार सहित एशीया र दक्षिण एशीयाका अविकिसीत र विकाससील मुलु्कहरुमा आँखा उपचारको क्षेत्रमा खटिएका छन ।
अनवरत रुपमा ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा कार्यरत रहेका ७० वर्षिय डाक्टर पन्तले आँखा उपचारको क्षेत्रमा गरेको उत्कृष्ठ कार्यको प्रशंसा गर्दै डेनीस अप्थाल्मोलोजिकल सोसाईटीले उनलाई ५ हजार डलरको ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ दिएको हो ।