Skip to main content

धनगढी पार्क निर्माण : नागरिक समाजको नाममा परियोजना रोक्ने प्रयास

Submitted by editor on
धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण कार्यको असोज १ गते उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले सिलान्यास गरिसकेका छन । उद्यानको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ ।
शिवराज भट्ट
विरेन्द्र ऐश्वर्य उद्या

धनगढी : सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) को निर्माण कार्य रोक्ने प्रयास थालिएको छ । 

अध्यक्ष वा संयोजक नै नतोएिको नागरिक समाजको नाममा ३९ जनाले हस्ताक्षर गरेर धनगढी पार्कमा बन्ने संरचनाले वातावरणीय, बानस्पतिक र जैविक पक्षलाई नकारात्मक असर पार्ने भन्दै २०ं८१ को असारमै ठेक्का सम्भौता भईसकेको  निर्माण कार्य रोक्न ज्ञापन बुुझाएको हो ।

धनगढी उपमहानगरपालिकाले उक्त स्थानमा ५ सय जनालाई स्टार्टअप विजनेसका माध्यमबाट रोजगारी दिईने योजना बनाएको छ । डिपिआर अनुसार सहरी विकास तथा भवन निर्माण विभागले पार्क निर्माणका लागि पहिलो चरणमा पौने ९ करोडको लगानी पनि गरेको हो ।
नेशनल÷पवन जेभीसँग २०८१ असार १७ गते निर्माणका लागि सम्झौता भईसकेको छ । उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए । 

निर्माण कम्पनीले २०८३ को बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम सक्नेगरी सम्झौता भएको छ । धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो ।  

धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण कार्यको असोज १ गते उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले सिलान्यास गरिसकेका छन । उद्यानको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ । अहिले उद्यान निर्माण कम्पनीले त्यसभीत्र निर्माण सामाग्री राखि सकेको छ ।

डिपिआर सार्वजनिक भएको एकवर्ष पछि किन तात्यो नागरिक समाज ?
धनगढी उपमहानगरपालिकाले २०७९ सालको चैत १२ गते पहिलो पटक विरेन्द्र ऐश्वर्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि बोलपत्र आह्वान ग¥यो  । बोलपत्र आह्वान गरेको एक महिनापछि अथवा २०८० सालको बैशाख २ गते मेयर गोपाल हमालले सामाजिक सञ्जालबाट पार्क निर्माणका लागि सुझाव आह्वान गरेका छन ।  

त्यसमा कसैले पनि पार्कको निर्माण रोक्ने सुझाव दिएका छैनन । त्यतीबेला अहिले नागरिक समाजको नाममा हस्ताक्षर गरेका ब्यक्तिहरुका पनि पार्क निर्माणका बारेमा सुुझावहरु उल्लेख गरिएका छन तर बोलपत्र आह्वान गरिसकेको डेढवर्षपछि किन तात्यो त नागरिक समाज ? यसको उत्तर खोज्दा धेरै कुरा छर्लंग हुनेनै छ ।

नागरिक समाजका नाममा पार्कको निर्माण रोक्ने कुराको सामाजिक सञ्जालमा आलोचना पनि भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले धनगढी उपमहानगरपालिका देखि ३ किलोमिटरको दूरीमा बनस्तपती उद्यान रहेको, १० किलोमिटरको दूरीमा कनरी पार्क रहेका र कुरुप बनेको पार्कलाई ब्यवस्थित बनाउदा वातावरणको कुरा गरेर निर्माण प्रभावित पार्न खोजिएको आरोप लगाइएको छ ।

नागरिक समाजलाई प्रतिद्वन्दीको समर्थन
धनगढी उपमहानगरका मेयर गोपाल हमाल, पहिलो पटक काँग्रेसका नृप बहादुर ओडसँग पराजित भएका हुन । तर दोस्रो पटक हमालले उनै ओडलाई ठूलो मतान्तरले पराजित गर्दै मेयरमा जिते । नागरिक समाजको नाममा पार्कको निर्माण रोक्ने ज्ञापन बुझाएकाहरुको समाचार बाहिर आएको घण्टा नबित्दै पूर्व मेयर नृपबहादुर ओडको नागरिक समाजलाई समर्थनको विज्ञप्ती आयो । 

‘धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको विरेन्द्र ऐश्वर्य पार्कको क्षेत्रफल भीत्र ब्लक सतिको ब्यवसायीक संरचना निर्माण गरिनु हुदैन भन्ने कुरामा पूर्व जनप्रतिनिधिको हैसीयतले मेरो पनि एक्यवद्धता छ’ ओडले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । 

नागरिक समाज भन्दै बुुझाईएको ज्ञापनमा पूर्व मेयर ओडका सचिवालका ब्यक्ति, उनको पालामा उपमहानगरभीत्र राम्रै शाखाहरु हाकेका (तर अहिले सेवानिबृत्त) ब्यक्तिहरुको पनि हस्ताक्षर गरेका छन । पूर्व मेयर ओडको विज्ञप्ती, ज्ञापनमा सचिवालयका ब्यक्तिको हस्ताक्षर हेर्दा  धनगढीको ‘ड्रीम प्रोजेक्ट’ फेल गराउने योजना भएको अनुमान लगाईन थालिएको छ ।

मेयरले मागेको सुझाव थाहा नभएको दाबी
तर ज्ञापन बुुझाउनेहरुले भने आफुहरुले सामाजिक सञ्जालमा मेयर गोपाल हमालले मागेको सुझाव थाहा नभएको बताएका छन । पार्क बन्नु हुदैन भनेर बुुझाईएको ज्ञापन पत्रको १ नम्बरमा हस्ताक्षर गरेका कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक (अवकाश प्राप्त) प्रेम राज भण्डारी भन्छन, ‘मेयर सापले सामाजिक सञ्जालमा हालेर मागिएको सुुझाव बारे थाहा भएन, हाम्रो भनाई पार्कलाई मास्नु हुदैन भन्ने हो ।’ 

ज्ञापत्र पत्रकै हस्ताक्षरकर्ता कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक  सीताराम भट्टले पनि निर्माण सुरु भएको परियोजना राम्रो भएपनि त्यसलाई अरु वडामा मा अथवा अरु स्थानमा सार्न माग गरिएको बताए । ‘नगरको बीचको हरियाली मास्नुहुन्न, त्यो परियोजना अरु ठाउँमा सार्नुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने ।