Skip to main content

राष्ट्रिय युवा संघ कैलालीको जिल्ला अधिवेशन टीकापुरमा सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
राष्ट्रिय युवा संघ नेपालको अधिवेशन

धनगढी : कैलालीको टीकापुरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु भएको छ । टीकापुरस्थित सिटी हलमा १० औं जिल्ला अधिवेशनको खुलासत्र सुरु भएको हो ।

नेकपा एमाले नेता, पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आथित्यतामा अधिवेशन सुरु भएको हो । नयाँ नेतृत्व चयन गर्न गरिएको अधिवेशनमा अध्यक्षका लागि ५ जनाभन्दा बढीले इच्छा देखाएको बताइएको छ ।