Skip to main content

लागुऔषध ब्युरोको सफलता, भारतीय ड्रग्स किंग राहुल सुक्ला नेपालगञ्जबाट पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
भारतीय नागरिक सहित दुई जना नेपालगञ्जबाट पक्राउ

धनगढी : सुदूरपश्चिम र लुम्बिनि प्रदेशमा ब्राउन सुुगरको कारोबार गर्ने भारतीय नागरिक सहित दुई जना नेपालगञ्जबाट पक्राउ परेका छन । लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको टोलीले विषेश सूचनाका आधारमा नेपालगन्जको विमानस्थल नजिकबाट १०२ ग्राम (प्लाष्टिक सहित) खैरो हिरोईनसहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

महेन्द्रनगर ब्युरोमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक केशव जोशीको कमान्डमा गएको प्रहरी टोलीले मंगलवार १०२ ग्राम खैरो हिरोईनसहित उत्तर प्रदेशको स्टेशन रोड बहराईच उत्तर प्रदेश भारत घर भएका ३३ वर्षीय  भारतीय नागरिक राहुल शुक्ला र बर्दियाको गेरुवा गाउँपालिका–५ घर भएका ४१ वर्षीय बालचन्द्र कामीलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा खैरो हिरोईन फेला परेको जनाएको छ । प्रहरीले भारतीय नागरिक शुक्लाको ट्राउजरको खल्तीमा ९९ ग्राम खेरो हिरोईन फेला परेको जनाएको छ । पक्राउ परेका शुक्ला र कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको बताइएको छ ।

सुक्ला सुदूरपश्चिम र लुम्बिनि प्रदेशका सीमावर्ती शहरहरुका लागुपदार्थको कारोबार गर्दै आएका ब्यक्ति हुन । उनले धनगढी र नेपालगञ्ज विमानस्थल भएर संघीय राजधानीसम्म ड्रग्स सप्लाई गर्ने गरेको बताईएको छ ।