Skip to main content

कैलालीको टीकापुरमा अवैध काठ र ट्याक्टर प्रहरीको नियन्त्रणमा

Submitted by editor on
ईबिगुल संवाददाता
अवैध काठ

धनगढीः कैलालीमा अवैध काठ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जानकी गाउँपालिका–७ चिलिम चौराह सडकखण्डमा टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने ३५ वर्षीय टेकबहादुर घर्तिमगरले चलाएको से.१ त.२८६३ नम्बरको ट्याक्टरमा अवैध रुपमा सिमलको काठ गोलिया १० थान (७९.८६ क्युफिट) काठ ओसार पोसार गरिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। अन्दाजी १९ हजार ९६५ बराबरको उक्त काठको गोलिया, ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय टीकापुरले शुक्रवार नियन्त्रणमा लिएको छ।