Skip to main content

पार्क निर्माणको स्वागत, धनगढी पार्कको नाम बीरेन्द्र– ऐश्वर्य राख्न माग

Submitted by editor on
ईबिगुल संवाददाता
वीरेन्द्र–ऐश्वर्य उद्यान

धनगढी : राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति कैलालीले धनगढीको पार्कको नाम बीरेन्द्र–ऐश्वर्या नै राख्न माग गरेका छन । धनगढीका नगर प्रमुख गोपाल हमाललाई ज्ञापनपत्र बुझाउदै विद्यार्थीहरुले पार्कको नाम फेरिएको निर्णय सच्चाउन र पार्कको निर्माणलाई निरन्तरता दिन माग गरेका हुन ।

राष्ट्रिय प्रजातान्त्रिक संगठन कैलाली जिल्ला कार्यसमितिले  अलपत्र अवस्थामा रहेको वीरेन्द्र–ऐश्वर्य उद्यानलाई अत्याधुनिक बनाउने उपमहानगरको योजनाको स्वागत गर्दै नाम परिवर्तन हुनुपर्ने माग राखेको छ ।

२०६५ पुस १३ गते बसेको प्रथम नगर परिषद्को दोस्रो बैठकले वीरेन्द्र–ऐश्वर्य उद्यानको नाम परिवर्तन गरेर दसरथ–भीम उद्यान राख्ने निर्णय गरेको थियो । राष्ट्रिय प्रजातान्त्रिक संगठनका विद्यार्थीहरुले उक्त नाम फेर्ने निर्णय सच्चाउन माग गरेका हुन ।

संगठनका कैलाली जिल्ला अध्यक्ष भुवन सिंहसहितका विद्यार्थी नेताहरूले पार्क निर्माणको योजनाको स्वागत गर्दै परिवर्तित नाम ‘दशरथ–भीम उद्यान’ हटाएर पहिलाकै नाम ‘वीरेन्द्र–ऐश्वर्य उद्यान’ राख्नुपर्ने माग गरेका हुन् ।