Skip to main content

राष्ट्रपति रामचन्द्र पौडेल धर्मपत्नीसहित बाजुराको बडिमालिकामा

Submitted by editor on
त्रिबेणीमा नवनिर्मित नाट्टेश्वरी मन्दिरको उद्घाटन गर्नु अघि राष्ट्रपति दम्पत्तीले बडिमालिकाको दर्शन गरेका हुन ।
ईबिगुल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको बढिमालिका भगवतीको दर्शन गरेका छन । त्रिबेणीमा नवनिर्मित नाट्टेश्वरी मन्दिरको उद्घाटन गर्नु अघि राष्ट्रपति दम्पत्तीले बडिमालिकाको दर्शन गरेका हुन । 

राष्ट्रपतिसँगै उनकी धर्मपत्नी सविता पौडेलले पनि बडिमालिका भगवतीको दर्शन गरेकी छन । नाट्टेश्वरी मन्दिर उद्घाटनका लागि राष्ट्रपति पौडेल बुधबार बेलुकी सुर्खेत बास बसेका थिए । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले त्रीबेणीको नाट्टेश्वरी मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल बाजुरा गएको जानकारी दिए ।