Skip to main content

कृष्णपुर नगरपालिकाद्वारा महको उत्पादन बढाउन २५ सय चिउरीका विरुवा रोपण

Submitted by editor on
यसै वर्ष चिउरी, बेल, दालचिनि, कागती, अमला, बेत, बास, डालेघाँस र नेपीयर घास गरी ४४ हजार विरुवा रोपण गरिएका कृष्णपुर नगरपालिकाले जनाएको छ ।
शिवराज भट्ट
चिउरी

कृष्णपुर (कञ्चनपुर) : कञ्चनपुरको कष्णपुर नगरपालिका वडा नम्बर १ मा पर्ने ऐश्वर्य सामुदायीक बनमा चिउरीका २५ सय विरुवा हुर्किरहेका छन । स–साना (२ पाते) हुँदा नै रोपीएका चिउरी चारपाते भएका छन । 

कृष्णपुर नगरपालिकाले वडा नम्बर १ लाई मह पकेट क्षेत्र पनि घोषणा गरेको छ । त्यहाँका किसानहरुले परम्परागत रुपमा माहुरी पालन गरिरकेकोमा नगरपालिकाले उनीहरुलाई ब्यवसायीक माहुरीपालनको तालिम पनि दिएको छ भने माहुरीमा अनुदान पनि दिदै आएको छ ।

माहुरीका लागि चिउरी महत्वपूर्ण विरुवा हो । चिउरीको फूलबाट बनेको मह सबैभन्दा राम्रो र महंगोमा विक्रि हुनेपर्छ । ‘ऐश्वर्य सामुदायीक बनको एउटा भागमा बनमारा प्रजातीको झाडी सफा गरेर यसपालीमात्रै २५ सय चिउरीका विरुवा रोपिएका छन । नगरपालिकाले सामुदायीक बनका उपभोक्तालाई चिउरीका बोट उपलब्ध गराएको हो । उपभोक्ताले आफै सामुदायीक बनमा रोपेका छन । अहिले विरुवा हुर्किन थालेका छन’ कृष्णपुर नगरपालिकालका प्रमुख हेमराज ओझाले भने ।

कृष्णपुर नगरपालिकाले कञ्चनपुरको बाणीमा रहेको सबडिजिभन बन कार्यालयलाई चिउरीका बोट उत्पादनको जिम्मा दिएको हो । सबडिभिजनले १० रुपैया बोटका हिसाबले चिउरीका बोट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । ‘सडडिभिजनलाई बोट उत्पादनको जिम्मा दियौं, १० रुपैयामा बनले बोट उपलब्ध गराएपछि सस्तो परेको छ’ मेयर ओझाले भने ।

कृष्णपुरमा पर्ने चुरेको माथिल्लो बेल्टमा चिउरीको राम्रो उत्पादन हुन्छ । ‘चिउरी फल्यो भने यसका तीन वटा फाईदा छन । पहिलो भनेको माहुरीका लागि फूलको रस मह बनाउनका लागि प्रयोग हुनेभयो । दोस्रो भनेको दाना लागेपछि बनमा रहेका बाँदरजन्य पशुहरुका लागि आहारा पनि हुनेभयो । तेस्रो भनेको चिउरीको विँया संकलन गरेर त्यसबाट चिउरीको घिउ पनि बनाउन सकिने भयो’ स्थानीय शिक्षक राजेन्द्र विष्टले भने । 

नगरपालिकाले ऐश्वर्य सामुदायीक बनमा चिउरी मात्रै होईन, २० हजार बेलका विरुवा पनि यसैपाली रोपेको छ । ‘स्थानीयबासिन्दाको आयआर्जन होस भनेर नगरपालिकाले विरुवा उपलब्ध गराएपछि बेलका विरुवा रोपेका हौं । बेलबाट भविष्यमा जूस उत्पादन गर्न सकिन्छ भनेर यस्तो गरिएको हो’ ऐश्वर्य सामुदायीक बनका अध्यक्ष ईश्वर बहादुर बुढाले भने ।

बनमाराले जेलिरहेको ऐश्वर्य सामुदायीक बनमा यसै वर्ष चिउरी, बेल, दालचिनि, कागती, अमला, बेत, बास, डालेघाँस र नेपीयर घास गरी ४४ हजार विरुवा रोपण गरिएका कृष्णपुर नगरपालिकाले जनाएको छ । 

१० हजार विरुवा कागती, ७ हजार विरुवा दालचिनि, २ हजार विरुवा अमला, २ हजार बेतका विरुवा, १ हजार विरुवा नेपीयर जातको घाँस र २ हजार विरुवा बास रोपीएका छन । ‘सामुायीक बनमा जेलिएर बसेको बनमारा फडानी गरेर यत्तीका विरुवा रोपिएका हुन । स्थानीय उपभोक्ताको आयआर्जनमा यी विरुवाले सहयोग गर्ने अपेक्षा गरिएको छ’ स्थानीय उपभोक्ता दामोदर जोशीले भने ।

सामुदायीक बनमा ठुलो संख्यामा नेवीयर जातको घास लगाइएको छ । ‘स्थानीय उपभोक्ताहरुलाई पशुपालनका लागि सहज हुने गरी यस्तो गरिको हो । यो घाँसले दुधालु जनावरले अझ बढि दुध दिने गर्छन । पशुका लागि नेपीयर प्रजातीको घाँस पोषिलो हुन्छ, पशुहरुले पनि यस्लाई राम्रो मानेर खान्छन’ उपभोक्ता जोशीले भने ।

सामुदायीक बनभीत्र ८ हजार र उपभोक्ताको घरमा २ हजार गरी १० हजार विरुवा कागती पनि रोपिएका छन । ‘कागती बहुउपयोगी फल हो । स्थानीयको आयआर्जनमा यसले टेवा पुगाउने छ भने बनभीत्र लगाइएको कागती फल्यो भने सामुदायीक बनको आम्दानी बढनेछ । सामुदायीक बनको आम्दानी बढनुभनेको उपभोक्ताको पनि आम्दानी बढनु हो’ बनका अध्यक्ष बुढाले भने ।