Skip to main content

हाम्रो धनगढी, सफा धनगढी अभियानको प्रभाव : ब्यक्तिगत लगानीमा स्मार्ट डस्टविन राखिदै

Submitted by editor on
ईबिगुल संवाददाता
 स्मार्ट टस्टविन

धनगढी : धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानबाट प्रभावित भएर धनगढी उपमहानगरपालिका वडा नम्बर ६का महादेव भट्टले आफ्नै लगानीमा स्मार्ट टस्टविन बनाएर सार्वजनिक स्थलमा राखेका छन ।

धनगढ ६ मटियारीका महादेव भट्टले आफ्नै ब्यक्तिगत लगानीमा २० हजारको लगानीमा स्मार्ट डस्टविन बनाएर सार्वजनिक स्थानमा राखेको बताए । ‘धनगढी उपमहानगरपालिकाका हाम्रो धनगढी सफा धनगढी अभियान मन प¥यो,  सरसफाईको काम उमहानगरको मात्रै होईन, सबै नगरबासीको हो, सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि स्मार्ट डस्टविन बनाएको हुँ’ उनले भने ।

उनले स्मार्ट डस्टविन राखेको क्षेत्र आसपासमा फोहर फालिएको छैन । कुहिने र नकुहिने गरी दुईवटा च्याम्बर भएको उक्त डस्टविनमा आसपासका ब्यक्तिहरु फोहर फाल्ने गरेका छन । उक्त डस्टविनमा राखिएको फोहर उपमहानगरको ट्याक्टरले संकलन गरेर लैजाने गरेको छ । 

धनगढी उपमहानगरपालिकाले हरेक विद्यालय टोल÷टोलमा हाम्रो धनगढी, सफा धनगढी अभियान सञ्चालन गरेको छ । उपमहानगरले हरेक टोलमा कुहिने, नकुहिने र  सिसाजन्य पदार्थको संकलनका लागि लुना जिपिएस जडान भएका छुट्टुाछुट्टै ट्याक्टरहरु पठाएर फोहर संकलन गर्दै आएको छ ।

उपमहानगरले कुहीने फोहरबाट बायोग्यास निर्माण गरिरहेको छ भने नकुहिने फोहरलाई छानेर विक्रि गर्दै आएको छ ।