Skip to main content

लालझाडी दम्पत्ती हत्या प्रकरण : तालिमप्राप्त कुकुर र प्रदेशको अनुसन्धान टोली पनि घटनास्थलमा

Submitted by editor on
सुदूरप्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रविन्द्र केसीले घटनाको अनुसन्धानका लागि पिआईटीको टोली पनि पठाईएको बताए ।
शिवराज भट्ट
सुदूरप्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रविन्द्र केसीले घटनाको अनुसन्धानका लागि पिआईटीको टोली पनि पठाईएको बताए ।

धनगढी : कञ्चनपुरको लालझाडी गाउपालिकाको दम्पत्ती हत्या प्रकरणमा प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली (पिआईटी) र तालिम प्राप्त कुकुर पनि परिचालन गरिएका छन ।

सुदूरप्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रविन्द्र केसीले घटनाको अनुसन्धानका लागि पिआईटीको टोली पनि पठाईएको बताए । ‘प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली पनि गएको छ, कञ्चनपुरका डिएसपी उमेश जोशी नेतृत्वको टोली पनि घटनास्थलमै छ । हामीले तालिम प्राप्त कुकुरहरु पनि पठाएका छौं’ डिआईजी केसीले भने ।

प्रहरीले दम्पत्तीको हत्या प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भईरहेको जनाएको छ । विहीबार मात्रै बैंकबाट रकम निकालेका दम्पत्तीको, रकमका कारण हत्या भएको भन्ने तिर अनुसन्धान केन्द्रित पार्दा उनको घरमा बैंकबाट निकालिएको अढाई लाख रकम भने फेला परेकाले, अनुसन्धान अन्तै मोडिएको डिआईजी केसीले बताए ।

उनले बेलुकीसम्म अनुसन्धानले कुनै निष्कर्ष निकाल्ने गरि टीम परिचालन गरिएको बताए । ‘कल डिटेल हेरिन्छ, आफन्त र छिमेकीहरुसँगको सोधपुछ भईरहेको छ । बेलुकीसम्म अनुसन्धान साँघरिदै निष्कर्षमा पुग्नेछ’ उनले भने । 

यस्तो थियो घटना 
कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका–१ बिनबारीका रमेश (रामेश्वर) बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार भएको थियो । विहीबार राती हत्या गरिएको अनुमान प्रहरीको छ । शुक्रबार बिहान रामेश्वर बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै रक्ताम्य अवस्थामा मृत फेला परेकी थिईन ।

‘उनीहरूको शरीरमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ’ घटनास्थलमा रहेका डिएसपी उमेश जोशीले भने । ‘अहिले नै हत्या वा के कारणले भयो भन्नेबारेमा भन्न सकिने अवस्था छैन, तर प्रहरीले अनुसन्धान गरिरहेको छ ।’