Skip to main content

गृहजिल्ला पुुगेर देउवाले भने, ‘अहिलेसम्मका अधुरा कामहरु पुरा गर्छु’

Submitted by editor on
ईबिगुल संवाददाता
शेरबहादुर देउवा

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म रहेका अधुरा र अपुरा कामहरु गर्ने बताएका छन । गृह जिल्ला डडेल्धुरा पुगेर सञ्चारकर्मीहरुसँग संक्षीप्त कुराकानीका क्रममा उनले यस्तो बताएका हुन ।

‘जिल्लाका अपुरा अधुरा कामहरु अब पुरा गर्छु । नदीमा तटबन्ध बनाउछु, पक्की पुल बनाउछु, सडक निर्माणमा पनि पहल गर्छु’ देउवाले भने । उनले सोमबार महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका थिए । 

त्यसक्रममा उनले जिल्लामा आफूले थालेका अधुरा, अपूराहरू अब छिट्टै पूरा हुने बताए । सभापति देउवाले रंगुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रंगुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गर्ने कामका लागि आफूले पहल गर्ने बताए ।

देउवाले सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले बताए । देउवा डडेलधुराबाट २०४८ सालपछिका सबै निर्वाचनमा विजयी हुँदै आएका छन् ।