Skip to main content

देउवा, आरजु र मुख्यमन्त्रीको बैठक, गेटा सञ्चालनका लागि प्रधानमन्त्रीसँग बस्ने सल्लाह

Submitted by editor on
शिवराज भट्ट
गेटामा बनिरहेका संरचना

धनगढी : एक हप्ता लामो बसाईका लागि सुदूरपश्चिम आएका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री आरजु देउवा र सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहबीच गेटामा बनिरहेका संरचनामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि छुट्टै्र छलफल भएको छ ।
शनिबार राती मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नै सरकारी निवास धनगढीमा पार्टी सभापति देउवा र परराष्ट्रमन्त्रीका लागि रात्रीभोजको आयोजना गरेका थिए । 

‘रात्रीभोजका क्रममा तीन जनाबीच गेटा सञ्चालनका लागि कुराकानी भएको छ । मैले सेती प्रादेशीक अस्पताललाई संघीय सरकारलाई दिन तयार रहेको सुनाए । गेटामा जसरी नी अर्को वर्षदेखि एमविविएसको अध्ययन गराउनका लागि आग्रह गरे । पार्टी सभापति सकारात्मक हुनुहुन्छ’ मुख्यमन्त्री कमल बहादुर शाहले भने ।

पार्टी सभापति देउवाले गेटा सञ्चालनका लागि एक हप्ताभीत्रै मुख्यमन्त्री शाहलाई काठमाण्डौं बोलाएका छन । ‘सभापति ज्यूले मलाई एक हप्ताभीत्रै काठमाण्डौं आउन भन्नुभएको छ । प्रधानमन्त्रीसँग बसेर गेटाका बारेमा ठोस कुरा गर्ने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्री समेतलाई प्रधानमन्त्रीसँगै राखेर गेटाका बारेमा अन्तिम निर्णय लिईने कुराकानी भएको छ’ मुख्यमन्त्री शाहले ईविगुलसँग भने ।

गेटामा मात्रै होईन, सरकारको तर्फबाट डडेल्धुरामा पनि एमविविएस अध्ययन गराउन दुबै नेता सकारात्मक देखिएका मुख्यमन्त्री शाहले बताए । दुबै नेताले अर्को वर्ष सुदूरपश्चिममा दुई÷दुई सरकारी मेडिकल कलेजमा पढाई हुने गरी तयारी गरिने बताएको मुख्यमन्त्री शाहले बताए ।

‘पार्टी सभापतिले यसपाली गेटाका बारेमा विषेश खालको चिन्ता लिएको पाए । सेती प्रादेशीक अस्पतालका शैयाहरु अपुुग भए महाकाली र टीकापुर प्रादेशीक अस्पतालसँग सम्झौता गरेर पनि एमविविएसको अध्ययन हुनुपर्ने कुरा गरेको छु । दुबै नेताले त्यसका लागि काठमाण्डौं आउने र पुरै खटिने प्रतिवद्धता गरेका छन’ मुख्यमन्त्री शाहले भने ।

सुदूरपश्चिम प्रदेश सरकार, सेती प्रादेशीक अस्पताल संघीय सरकारलाई हस्तान्तरण गरेर भएपनि गेटामा मेडिकल शिक्षाको अध्यापनको पक्षमा देखिएको छ । संघीय सरकारले ‘ग्रीन सिग्नल दिने वित्तिकै प्रदेश सरकार सेती संघलाई सुम्पन तयार भएको छ ।

‘सेती संघलाई दिएर भएपनि गेटा सञ्चालन गराउनका लागि प्रदेशका मन्त्रीहरुका बीचमा पनि एक खालको सहमति भएको छ । संघले ‘ग्रीन सिग्नल’ दिने वित्तिकै प्रदेश क्याबिनेटले निर्णय गर्छ । म त्यो तयारीका  लागि एक हप्ताभीत्रै संघीय राजधानी जान्छु’ मुख्यमन्त्री शाहले भने ।

गेटामा झण्डै ७ अर्वका संरचना बनिसकेका छन । यस शैक्षिकसत्र देखि मुलुकका ६वटा प्रदेशमा सरकारी मेडिकल कलेजबाट मेडिकल शिक्षाको पढाई सुरु भईसकेको छ । सुदूरपश्चिम मात्र यस्तो प्रदेश हो, जहाँ न सरकारी मेडिकल कलेज छ, न प्रायवेट नै ।