धनगढी : गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा कुनै असमझदारी नरहेको बताएका छन । सुदूरपश्चिम स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबारदेखि धनगढीमा रहेका गृहमन्त्री लेखकले विहीबार विहान नेपाल प्रेस युनीयनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।
‘काँग्रेस र एमालेका बीचमा कुनै असमझदारी छैन । काँग्रेस र एमाले मिलेर सरकार बनाएको हो । त्यसमा अरु राजनीतिक दलहरुको पनि सहभागिता छ । हाम्रा बीचमा कुनै असमझदारी छैन’ उनले भने ।
उनले राजनीतिमा प्रमुख प्रतिष्पर्धि दलहरुले सरकार बनाएको बताउदै भने, ‘राजनीतिमा हामी प्रतिष्पर्धि हौ, तपाईहरुले देखि रहनुभएको छ, उप निर्वाचनमा हामी प्रतिष्पर्धा गरिरहेका छौं । यसले झन हाम्रो विचको सम्बन्ध बलियो भईरहेको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति देउवाबीच चीन भ्रमणका एजेन्डाहरुका बारेमा मतभेद देखिएको कुरा बाहिर आएको छ । काँग्रेस विआरआई परियोजना अनुदान बाहेकमा पास नगर्नु पक्षमा छ भने एमाले पनि अनुदानमा चीनले स्वीकार नगरे ऋणमै भएपनि विआरआई परियोजना ल्याउनुपर्छ भन्ने पक्षमा देखिएको छ ।
सञ्चारकर्मीहरुले राखेका जिज्ञासामा गृहमन्त्री लेखकले भने, ‘काँग्रेसले यसअघि नै विआरआई परियोजना ग्रान्टमा हो भने मात्रै स्वीकार गर्ने निर्णय गरिसकेको छ । यसको मतलब एमाले ग्रान्ट स्वीकार्दैन भन्ने चाई होईनहै, । यस बारेमा दुई पार्टीका शीर्ष नेताहरुका बीचमा छलफल भईरहेको छ । विदेश भ्रमणका ऐेजेन्डाका बारेमा सत्ता साझेदार दलहरुबीच छलफल हुनु स्वभाविकै त होईन र ?’
मन्त्रीमण्डल फेरबदलका बारेमा राखेका जिज्ञासाहरुमा गृहमन्त्री लेखकले प्रधानमन्त्री कार्यकारी हुने ब्यवस्थामा मन्त्रीमण्डलमा फेरबदल हुनु सामान्य कुरा भएको बताए । तर अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने उनको तर्क थियो ।
‘भन्नेहरुले त यो सरकार दशैं भन्दा पर जादैन भने, त्यसपछि तिहार कटदैन भने । भन्नेहरुको पछि लाग्ने होईन, यो सरकार बनेको एकवर्ष ८ महिना पछि भने फरिवर्तन हुन्छ । त्यसपछि पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले ८४ को चुनाव गराउनु हुन्छ । त्यपछि जसले बहमुत ल्यायो, त्यसैको सरकार हुन्छ’ नेता लेखकले भने ।