Skip to main content

बाढी पहिरो प्रभावित क्षेत्रमा राहत र उद्दारमा कुनै कसर बाँकी राखिन्न ः प्रधानमन्त्री

Submitted by editor on
ईबिगुल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढिपहिरोका कारण निकै धनजनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत उद्दार र पुनस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाइएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले विपद्जन्य घटनाबाट हुने क्षति न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले  देश विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए।

उनले देशको समग्र विकासका निम्ति सरकारले लिएका नीतिगत प्राथमिकता र विभिन्न विषयगत क्षेत्रका विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए। मानव विकासमा पछि परेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्रोतसाधनको न्यायपूर्ण विनियोजन गरिएको दावी गरे।

प्रधानमन्त्री प्रचण्डले मुलुकको वर्तमान संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिवद्धत रहेको धारणा राखे। उनले रासायनिक मलको आपूर्तिलाई प्रभावकारी बनाइएको भन्दै यस वर्ष ३ लाख ५१ हजार मेट्रिक टन आयात गरिएकाले मलको अभाव नहुने जिकिर गरे।

सार्वजनिक खर्चमा परेको चापसमेतलाई मध्यनगर गरि राष्ट्रिय दुग्ध विकास बोड खारेज गरिएको उनले बताए । उनले भारत भ्रमणका क्रममा दिर्घकालिन प्रारम्भीक ऊर्जा सम्झौता भएको र यो देशको हितका लागि हुने दावी गरे।