Skip to main content

देशभरका ६ सहरहरु मध्ये वायुको गुणस्तर मापनका आधारमा अस्वस्थकरको सूचीमा धनगढी पनि

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
 धनगढी

धनगढी । पछिल्लो २४ घण्टाको वायुको गुणस्तर मापनका आधारमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सबैभन्दा प्रदूषित बनेको छ । बुधबार देशभरका ६ सहर वायुको गुणस्तर मापनका आधारमा अस्वस्थकरको सूचीमा परेका छन् ।

वातावरण विभागका अनुसार कैलालीको धनगढीसंगै उपत्यकाका रत्नपार्क र खुमलटार, दाङको देउखुरी, धनुषाको जनकपुर र चितवनको भरतपुरमा २४ घण्टाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ एक्यूआई १५१ भन्दा माथि छ ।

सबैभन्दा धेरै एक्यूआई धनगढीमा १७४ छ । यस अवधिमा धनगढीको वायुमा पीएम पर्टिकुलेट म्याटर २.५ को मात्रा बढेर १०६.३२८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ ।