धनगढी । कैलाली कारागारमा फेरि सल्फास पठाउने प्रयास गरिएको छ । कारागार सुरक्षामा रहेको नेपाल प्रहरीले चेकजाँचका क्रममा सल्फास फेला पारेको हो । जिल्ला कारागार कैलालीले नियमित आउने खाद्यमा शङ्कास्पद बस्तु फेला पारेको बताएको छ ।
जिल्ला कारागारमा रहेका कैदीहरुका लागि आउने खाद्यान्नमा सल्फास भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीले उक्त विषयमा अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले मसुरोको दालको कट्टाभित्र सल्फास भेटिएको बताए ।
खाद्यान्न ल्याउन व्यक्तिले घुन–किराका लागि सल्फाल हालेको हुन सक्ने प्रहरीमा बयान दिएका छन । तर, कारागारको सुरक्षामा रहेको प्रहरीले मसुरोको दालको कट्टामा सल्फास भेटाएको हो ।
मसुरोको दानाहरूबाट दाल बनाइएको कट्टामा सल्फाल भेटिएको छ । कारागार कार्यालय, कैलालीका प्रमुख सन्देश जोशीले नियमित चेकजाँचका क्रममा प्रहरीले संकास्पथ बस्तु फेला पारेको बताए ।
उनले भने, कारागारमा नियमित आउने खाद्यमा हामीले चेकजाँच गर्दा खेरी केही शङ्कास्पद चिज फेला पारेका छौ । त्यो शङ्कास्पद चिजको अनुसन्धानको क्रममा छौ । जिल्ला प्रहरीले अनुसन्धान गर्दै छ। कारागार कार्यालय, कैलालीले उक्त वस्तुको प्रयोगशाला परीक्षण गर्ने बताएको छ ।