डोटीः डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो । बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपि नगरमा कार्यालयको ड्युटीमा खटिएका थिए। उनलाई बिहान ३ देखि ६ बजेको ड्युटीमा खटाएको थियो ।
ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस भएका थिए । सोही स्थानमा रहेको बिपि नगर पोलिक्लिनकमा सामान्य चेकजाँचपछि थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो । अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए। मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन् ।