धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंगलवार राति धनगढी उपमहानगरपालिका–५ को पिपलचौतारा नजिकै सुदूरपश्चिम प्रदेश ०१०१२ प ७४८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हा ।
दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय प्रेम थापा र पछाडि सवार २८ वर्षीय दिपक थापा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीमा उपचार भइरहेको छ । चालक थापाले मदिरा सेवन गरेर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।