Skip to main content

नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा पूर्व अध्यक्ष सिंह दोेषी ठहर

Submitted by editor on
ईबिगुल संवाददाता
पूर्व अध्यक्ष सिंह

धनगढीः डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह भ्रष्टाचार मुद्‍दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले बिहिवार उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते उनीमाथि मुद्‍दा दर्ता गरेको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्‍दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो।
 

सिंहलाई ६ महिना कैद तथा १० हजार जरिबाना तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए। विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट (पिसिएल) र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो।एका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेशस्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।
 

उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।