धनगढीः कैलालीको गोदावरी धाममा लाग्ने मकर मेलाको अवसरमा स्नान गर्न जानेहरुका लागि निःशुल्क बसको व्यवस्था गरिने भएको छ ।
गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गर्न लागेको हो । माघ १ गते नगरपालिकाले ५ वटा बस सञ्चालन गर्ने नगरप्रमुख बिरेन्द्र भट्टले बताए । मेलामा जाने भक्तजनहरूको सुविधाका लागि स्याउले, मालाखेती, गेटा र अत्तरियादेखि गोदावरीसम्म ५ वटा बस निःशुल्क बिहान ५ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिने उनले बताए । गत वर्ष पनि नगरपालिकाले मकर मेलाको समयमा निःशुल्क बस सेवा उपलब्ध गराएको थियो । गोदावरी धाम विकास समितिले हरेक बर्ष १२ राषी मकर मेला लगाउने गरेको छ ।