Skip to main content

एमालेको कारवाही पछि गृह प्रदेशबाट भीम रावलको जागरण अभीयान

Submitted by editor on
ईबिगुल संवाददाता
रावल

धनगढीः नेकपा एमालेको कारबाहीपछि नेता भीम रावल धनगढी आइपुगेका छन् ।

आज धनगढी आइपुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका छन् । उनको पक्षमा जिन्दावादका नारा लगाएका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका छन् । भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन् ।

एमाले पूर्व उपाध्यक्ष भीम रावलसँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी पुगेका छन् । धनगढी पुगेका रावल र थापा श्री एयरलाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका हुन्  । उनीहरु सँगैसँगै यात्रा गर्नुको पछाडिलाई एमालेभित्रको राजनीतिक कोर्षलाई महत्पूर्ण ढंगले हेरिएको छ भने कतिपयले संयोगको यात्रा ठानेका छन् ।

रावल र थापा संगै पुगे धनगढी, संयोग कि सल्लाह ?

धनगढी विमानस्थलबाट सरकारी गाडीबाट धनगढी आएका रावललाई उनका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् । एमालेमा रावललाई कारवाही गर्नुहुन्न पक्षमा थापा थिए । जुनकारण थापा र रावलको जहाजको सँगैसँगैको यात्रालाई महत्पूर्ण ढंगले हेरिएको हो । यस्तै रावललाई स्वागत गर्न एमाले नेता एवं सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी पनि धनगढी विमानस्थल पुगेका थिए ।


नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले एमालेबाट निष्कासित भएका रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् । आफू पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा संयोगवश एउटै ‘रो’मा देखिएको स्पष्ट पार्दै अन्य भित्रि उद्देश्य केही नभएको बताए । आफू पहिला पनि पार्टी हितमा काम गर्दै आएको र भविष्यमा पनि पार्टीलाई बलियो र अनुशासित पार्टी बनाउनेमा सक्रिय भूमिका रहने उनले बताए । एमालेको पूर्वउपाध्यक्ष समेत रहेका रावललाई पौष १० गते बसेको सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।