Skip to main content

कञ्चनपुरबाट भन्सार छलीका अबैंध सामान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

कञ्चनपुर :कञ्चनपुरबाट भन्सार छलीका अबैंध सामान बरामद गरिएको छ ।

 भीमदत्त नगरपालिका–१० भन्सार रोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७३ हजार ८० बराबरको साईकलको सामान, हाडबेयर, किराना लगायतका सामान बरामद गरिएको हो । उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।