Skip to main content

विषादी सेवन गरेकी लक्ष्मीको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
विषादी सेवन

धनगढी : कैलालीमा विषादी सेवन गरेकी एक महिलाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–४ बस्ने ४७ वर्षीय लक्ष्मी डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले नाम नखुलेको विषादी सेवन गरेकी चौधरीको नवजीवन अस्पतालमा मृत्यु भएको बताए ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।