Skip to main content

बेदकोट नगरपालिकालको बजेट ९२ करोड

Submitted by editor on
ईबिगुल संवाददाता
बेदकोट नगरपालिकालको बजेट ९२ करोड

महेन्द्रनगरः वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ९२ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

आइतबार नगरप्रमुख भोजराज बोहराको सभाध्यक्षता सम्पन्न कार्यक्रममा उपप्रमुख तुलसी जोशीले ९२ करोड २० लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरिन।

जस मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु। १४ करोड ८ लाख, राजश्व वाँडफाडबाट रु।१२ करोड ४६ लाख ९९ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फ कूल रु। २८ करोड ६१ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु।१ करोड २० लाख, संघीय समपुरक अनुदान रु। ७० लाख रहेको छ।

यसैगरी, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु। १ करोड २६ लाख ४४ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त रु ६० लाख, सवारी साधन कर वाडफाँड शीर्षकमा प्राप्त रु। ८१ लाख १२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु। १ करोड रहेको छ।

अगामि आ।व।को लागि प्रक्षेपित आन्तरिक आयश्रोत तर्फ रु। ३ करोड, चालु आवबाट खर्च नभई वाँकी रहन सक्ने अनुमानित रकम रु। ६ करोड ६२ लाख ४५ हजार, सामाजिक सुरक्षा तर्फ प्राप्त रकम रू। २१ करोड अनुमान गरिएको छ।

चालु आर्थिक वर्ष २०७९र०८० मा नगरपालिकाको सबै शीर्षक गरेर गत वर्षको मौज्दात सहित कूल वार्षिक बजेट रु। ९८ करोड ५१ लाख ६२ हजार मध्ये चालु तर्फ रु।६८ करोड ५१ लाख २८ हजार र पुँजिगत रकम रु। ३० करोड ३४ हजार विनियोजन भएकोमा हालसम्मको चालु तर्फ खर्च रु। ४६ करोड १३ लाख ३६ हजार र पुजिगत तर्फ खर्च रु। ८ करोड ९४ लाख १३ हजार भएको छ।

चालु आर्थिक वर्ष २०७९र०८० को लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत अनुमानित कुल आय रु। १६ करोड ४४ लाख भएकोमा वास्तविक आय रु। १४ करोड ३८ लाख ५० हजार प्राप्त भएको, राजश्व वाँडफाडबाट रु।१२ करोड ७२ लाख ६१ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु। ७ करोड ९६ लाख ५६ हजार ५ सय ८० मात्र प्राप्त भएको, प्रदेश सरकारवाट अनुमानित वित्तिय समानीकरण अनुदान रु। १ करोड १९ लाख ५४ हजार भएकोमा हालसम्म रु। १ करोड ४ लाख ४९ हजार ७ सय ५० मात्र प्राप्त भएको छ।

चालु आवमा संघीय सरकार र प्रदेश सरकार मार्फत प्राप्त हुने अनुमान गरिएको कुल अनुदान रकम भन्दा रु। ६ करोड ९६ लाख ४८ हजार ६ सय ७० घटी प्राप्त भएको छ।