Skip to main content

२० वर्षपछि दुई जना फरार प्रतिवादी कञ्चनपुरबाट पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट २० वर्षपछि  दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत कञ्चनपुरले गाली बेइज्जती मुद्दामा २०६१ कार्तिक २४ गते २ सय जरिवाना तोकेपछि फरार रहेका दोधारा चाँदनी नगरपालिका–५ का भक्तबहादुर सुनार पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले सुनारलाई मंगलवार पक्राउ गरी अदालतमा पेस गरिएको छ ।

गाली बेइज्जती मुद्दामै २०६१ कार्तिक १२ गते अदालतले ५ सय जरिवाना तोकी फरार रहेका दोधारा चाँदनी नगरपालिका– १ का बेलबहादुर रानालाई पनि मंगलवार पक्राउ गरी अदालतमा पेस गरिएको छ । यस्तै भवितव्य ज्यान मुद्दामा २०६८ जेट २५ गते २ सय जरिवाना तोकी फरार रहेको दोधारा चाँदनी नगरपालिका–२ पुरानो बस्तीका हेमराज न्यौपानेलाई पनि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।