अछामः अछामका २ घरमा आगलागी भएको छ।
जिल्लाको कमलबजार नगरपालिका–६ चडेपानीका भीम बहादुर शाही को कच्चि घरमा शनिवार ११ः५० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । रातिको समयमा कोठामा ताप्न भनि बालिएको आगोबाट शाहीको घरमा आगलागी भएको जनाइएको् छ । उक्त आगलागीबाट शाहीको ६ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।
त्यस्तै अछामको मिल्लेख गाउँपालिका–५ सरानीकी रुपा देबी खड्काको कच्चि घरमा आइतवार आगलागी भएको प्रहरीले जनाएको छ । रुपा देवीका १० वर्षीय छोरा रमीत खड्काले चलाएको लाइटरबाट आगलागी भएको जनाइएको छ । उक्त आगलागीबाट खड्काको १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।