धनगढीः धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चौकमा चौराहबाट मनहेरातर्फ गइरहेको से २ प ५२०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक घाईते भएका हुन्। मोटरसाइकल पल्टिदा चालक जोशीपुुर गाउँपालिका–४ बस्ने २८ वर्षीय गोपाल चौधरी घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।