Skip to main content

पशु प्राविधिकको सहायताले कञ्चनपुरमा निःशुल्क खोप अभियान सञ्चालन

Submitted by editor on
ईबिगुल संवाददाता
पीपीआर खोप

कञ्चनपुरः कञ्चनपुरमा बाख्रालाई पीपीआर खोप लगाइएको छ ।

शुक्लाफाँटा नगरपालिकामा पीपीआर रोगविरुद्धको खोप लगाइएको छ । नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको अभियानमार्फत ९ हजार ९ सय ६९ बाख्रालाई खोप लगाइएको हो । नगरपालिकाका आठ वडामा पशु प्राविधिकको सहायताले निःशुल्क खोप अभियान सञ्चालन गरिएको थियो । पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार व्यावसायिक बाख्रापालन हुने क्षेत्रमा माघ २० देखि २६ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

पीपीआर रोग एक घातक संक्रामक रोग हो, जसका कारण बाख्रामा उच्च ज्वरो, सिँगान बग्ने, आँखाबाट र्याअल झर्ने, मुख र गिजामा घाउ आउनेजस्ता लक्षण देखिन्छन् । समयमै उपचार नहुँदा बाख्राको मृत्यु समेत हुनसक्छ । पशु प्राविधिक लक्ष्मीदत्त जोशीका अनुसार एकपटक खोप लगाएपछि तीन वर्षसम्म पुनः खोप दिन आवश्यक पर्दैन। नेपाल सरकारले सन् २०३० सम्ममा पीपीआर रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्ने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त १० हजार डोजमध्ये ९ हजार ९सय ६९ डोज खोप सफलतापूर्वक प्रयोग गरिएको छ ।