Skip to main content

धनगढीमा सातौं बेटी सम्मेलन सुरु, साह सहित १७ महिला सम्मानीत

Submitted by editor on
शिवराज भट्ट
शिवराज भट्ट

धनगढी : धनगढीमा सातौं राष्ट्रिय बेटी सम्मेलन सुरु भएको छ । आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एक समारोहका बीच सम्मेलनको उद्घाटन गरेका हुन ।

आशनमा महिला, भाषणमा महिला र शासनमा महिला (आभासा) अभियान अन्तर्गत धनगढीमा बेटी सम्मेलन सुुरु भएको हो । मूलधार महिला सेवा केन्द्र (मासवेश) उदयपुरकी अध्यक्ष नजबुल खानको अध्यक्षतामा भएको सम्मेलनमा मधेसी आयोगकी सदस्य रेणु देबी साह सहितका १७ जना महिलाहरु सम्मानित भएका छन ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खडका, लम्की चुहा नगरपालिकाकी मेयर शुसीला शाही, आभाषा कर्णाली प्रदेश संयोजक देबी भट्टराई, गिनिज बुकमा नाम लेखाउन सफल शेख मुन्ना, जिल्ला अस्पताल उदयुपुरका डाक्टर निर्मला चौधरी, राष्ट्रिय भूमी आयोग सदस्य ईन्दिरा निरौला, नीति तथा योजना अयोग सुदूूरपश्चिमकी उपाध्यक्ष डाक्टर जीवन राना चेलिबेटी सशक्तिकरण सम्मान २०८१ बाट सम्मानित भएका छन ।

यस्तै अछामको ढकारी गाउपालिका उपाध्यक्ष नेत्रकला शाही, बाजुराको गौमुल गाउपालिका उपाध्यक्ष सीता थापा, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, दृष्टि फाउन्डेशनकी अध्यक्ष कल्पना भट्ट, दलित अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा  घिमिरे, बान्नीगढी जयगड गाउपालिकाकी उपाध्यक्ष विन्दु रावल, फतिमा फाउन्डेशन नेपालगञ्जकी नाजीया बाना, जिल्ला महिला अधिकार मञ्च अछामकी अध्यक्ष अप्सरा कुवर र नेपाल पत्रकार महासंघ कैलालीकी उपाध्यक्ष भावना जोशीलाई पनि चेलिबेटी सशक्तिकरण सम्मान २०८१ सम्मान प्रदान गरिएको छ ।

सम्मेलनको दोस्रो दिन सोमबारको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडका प्रमुख अथिति रहेका थिए । सम्मेलन मंगलबार धनगढी घोषणापत्र जारी गर्दै समापन हुने आयोजक संस्थाकी अध्यक्ष नजबुल खानले जानकारि दिएकी छन ।