धनगढीः धनगढीको केजी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ ।
हस्पिटलमा उपचाररत अछामको मंगलसेन नगरपालिका–१ घर भएर धनगढीमा डेरा गरि बस्ने ५६ वर्षीया बिना चौधरीको आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरी फोक्सो, पिसाब र सुगर सम्बन्धी बिरामी रहेकी थिइन् । उनी श्रीमान भोला चौधरीसँगै धनगढी उपमहानगरपालिका–२ मा बस्दै आएकी थिइन् ।