Skip to main content

सुदूरपश्चिमको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी

Submitted by editor on
ईबिगुल संवाददाता
गरिबी

धनगढी: सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रतिवेदनमा सहरी क्षेत्रमा गरिबीको दर ४० दशमलव २१ प्रतिशत रहेको देखाइएको छ ।

सुदूरपश्चिम प्रदेशको ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको गरिबी धेरै देखिएको हो । सुदूरपश्चिमका ग्रामीण क्षेत्रको गरिबी ३० दशमलव ८६ प्रतिशत रहेको छ । प्रदेश सरकारले नेपाल जीवनस्तर सर्वेक्षण अनुसार गरिबीको दर उल्लेख गरेको हो । प्रदेशको औसतमा गरिबी ३४ दशमलव १६ प्रतिशत रहेको छ । नेपालका सात वटा प्रदेशमा सबै भन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा छ ।

सुदूरपश्चिम प्रदेश भन्दा कर्णाली प्रदेशको गरिबी कम छ । कर्णाली प्रदेशको गरिबी २६ दशमलव ६९ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशको २४ दशमलव ३५ प्रतिशत, गण्डकी प्रदेशको ११ दशमलव ८८ प्रतिशत, बागमती प्रदेशको १२ दशमलव ५९ प्रतिशत, मधेश प्रदेशको २२ दशमलव ५३ प्रतिशत र कोशी प्रदेशको १७ दशमलव १९ प्रतिशत गरिबी रहेको छ ।

नेपालको कुल गरिबी २० दशमलव २७ प्रतिशत रहेको छ ।