Skip to main content

बैतडीको एक होटलमा सिंह मृत फेला

Submitted by editor on
ईबिगुल संवाददाता
 मृत


धनगढीः बैतडीको मेलौली नगरपालिका–७ को एक होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मंगलवार मेलौली–१ का ५५ वर्षीय तेजसिंह मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूका अनुसार होटलमा सुतिरहेको अवस्थामा तेजसिंह मंगलवार बिहान मृत भेटिएका हुन् ।

सोमवार राति उनी उक्त होटलमा खाना खाएर सुतेका थिए। केही समयदेखि काठमाडौं बस्दै आएका तेजसिंह भारतमा लागेको कुम्भमेला दर्शन गरी पूजापाठका लागि भन्दै मेलौली आएको प्रहरी निरीक्षक बडूले बताए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।