Skip to main content

जिपले जिपलाई ठक्कर दिँदा डोटीमा दुर्घटना

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटना

डोटीः डोटीमा जिपले जिपलाई ठक्कर दिँदा दुर्घटना भएको छ।

दिपायल सिलगढी नगरपालिका(४ सेती प्राविधिक शिक्षालय गेट नजिक केआईसिंह राजमार्गमा पिपल्लाबाट कुलपाते तर्फ जाँदै गरेको चालक बझाङका २६ वर्षीय नरेश बोहराले चलाएको से १ ज ८३८ नम्बरको खाली जिपलाई सोही दिशा तर्फ जाँदै गरेको चालक डोटीको बोगटान फुड्सिल गाउँपालिका(६ गगुडा बस्ने २६ वर्षीय तिर्थ बोगटीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ४१९९ नम्बरको जिपले पछाडीबाट ठक्कर दिँदा से १ ज ८३८ नम्बरको जिप सडक किनारको भित्तामा ठोक्किएर नालिमा जाँदा जिपको अगाडी पट्टीको भागमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

चालक नरेश बोहरा भने सकुशल रहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०१००१ च ४१९९ नम्बरको जिप र सोही जिपका चालक तिर्थ बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।