धनगढी ः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन सोमबारदेखि धनगढीमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका छन ।
सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले पार्टीलाई थप सशक्त बनाउन यसले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले सम्मेलनको सफलताको शुभकामना दिँदै पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिम कांग्रेसका सभापति बीरबहादुर बलायतको सभापतित्वमा सुरु भएको सम्मेलनमा कांग्रेसका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, सहमहामन्त्री भीष्मराज आङदम्बे, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बालकृष्ण खाण, डा. डिला संग्रौला, एनपी साउद, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलगायतका नेताहरू सम्मेलनमा सहभागी छन ।
यो सम्मेलन प्रदेशभरका कांग्रेस कार्यकर्ताहरूको भेला हुने अवसर भएको र आगामी दिनमा संगठनलाई थप व्यवस्थित गर्न मद्दत पुग्ने बताइएको छ ।